पश्चिम एसियामा द्वन्द्व भइरहँदा डलरको मूल्य कति पुग्यो? 

हिमाल प्रेस २७ चैत २०८२ ६:३३ | Friday, April 10, 2026
8
SHARES
पश्चिम एसियामा द्वन्द्व भइरहँदा डलरको मूल्य कति पुग्यो? 

काठमाडौँ- हाल पश्चिम एसियामा द्वन्द्व जारी छ। अमेरिका, इरान, इजरायलबीच जारी द्वन्द्वका कारण अमेरिकी डलरको मूल्यमा उतारचढाव आएको छ।

नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५६ पैसा तोकेको छ।

युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९९ रुपैयाँ २६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ८१ पैसा कायम गरिएको छ।

अस्ट्रेलिया डलर एकको खरिददर १०४ रुपैयाँ १३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०७ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ११६ रुपैयाँ ५४ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ६४ पैसा र बिक्रीदर २१ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ५८ पैसा र बिक्रीदर ४० रुपैयाँ ७५ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ २९ पैसा र बिक्रीदर ४० रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३० पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५ रुपैयाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १३ पैसा र बिक्रीदर २३ रुपैयाँ २२ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा, कुवेती दिनार एकको खरिददर ४८२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४८४ रुपैयाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३९२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ८० पैसा, ओमनी रियाल एकको खरिददर ३८४ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ८७ पैसा रहेको छ।

प्रकाशित: २७ चैत २०८२ ६:३३ | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast