सुनचाँदीको मूल्य प्रतितोला कति?

हिमाल प्रेस २७ चैत २०८२ १२:०१ | Friday, April 10, 2026
12
SHARES
सुनचाँदीको मूल्य प्रतितोला कति?

काठमाडौँ- बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ। सुन प्रतितोला रु दुई हजार २०० ले बढेको छ भने चाँदी तोलामा रु ८५ ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९६ हजार ९०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ९६० कायम भएको छ।

हिजो बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९४ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ८७५ मा कारोबार भएको थियो।

गत बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९९ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार २५ कायम भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ३०० र त्यति नै परिमाणको चाँदी ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: २७ चैत २०८२ १२:०१ | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast