काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले प्रतिनिधिसभाको उपसभामुखमा आफ्नो पार्टीले दाबी गरेको बताएका छन्।
आइतबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले उपसभामुखमा आफ्नो पार्टीको दाबी रहेको भन्दै यसका लागि अन्य दलहरुसँग छलफल भइरहेको समेत बताए।
त्यस्तै उनले अहिले जनअपेक्षा अनुसार स्थायित्व प्राप्त भएको भन्दै राम्रा कामका लागि वर्तमान सरकारलाई सहयोग हुने बताए। आफुहरु आलोचनाको लागि आलोचना गर्ने पक्षमा नरहेको उनको भनाइ छ।
त्यस्तै नेता पुनले नवनिर्वाचित सभामुख परिपक्व राजनीतिज्ञ भएकाले संसदलाई राम्रो ढंगले सञ्चालन गर्नेमा विश्वस्त रहेको बताए।
प्रकाशित: २२ चैत २०८२ १६:०४ | Sunday, April 5, 2026
प्रतिक्रिया




