काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २४, रातो आलु १८, भारतीय आलु २१, भारतीय सुकेको प्याज ३६, तराईको गाँजर २५, लोकल बन्दा ३०, स्थानीय काउली ४८, लाम्चो भन्टा ५५, डल्ले भन्टा ७५, लोकल मुला १७ रुपैयाँ प्रतिकिलो छ।
तनेबोडी ९३, करेला १५६, लौका ५०, घिरौँला ६५, तराईको परबल ९५, हरियो डल्ले फर्सी ४५, पाकेको फर्सी ५५, भिन्डी १०५, कन्य च्याउ १६५, डल्ले च्याउ २७५, कुरिलो ३७५, न्यूरो ७५, ब्रोकाउली ७०, चुकन्दर ५५ रुपैयाँ प्रतिकिलो छ।
कालिमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २२, रातो आलु १८, भारतीय आलु २१, भारतीय सुकेको प्याज ३६, तराईको गाँजर २५, लोकल बन्दा ३०, स्थानीय काउली ५३, लाम्चो भन्टा ५५, डल्ले भन्टा ७५, लोकल मुला १७ रुपैयाँ प्रतिकिलो थियो।





