कालिमाटीमा तरकारीको मूल्य : भारतीय गोलभेँडा ७०, हरियो फर्सी २५ [अरू कति?]

हिमाल प्रेस १८ चैत २०८२ ८:५७ | Wednesday, April 1, 2026
4
SHARES
कालिमाटीमा तरकारीको मूल्य : भारतीय गोलभेँडा ७०, हरियो फर्सी २५ [अरू कति?]

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालिमाटीमा आज केही तकारीको मूल्य घटेको छ भने कतिपय तरकारी महँगिएका छन्। केही तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७०, सानो लोकल गोलभेँडा ३०, रातो आलु १७, भारतीय आलु २१, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर २०, लोकल बन्दा २३, स्थानीय काउली ५५, लाम्चो भन्टा ५५, डल्ले भन्टा ६५, लोकल मुला १७ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि तनेबोडी ११०, करेला १५०, लौका ६२, घिरौँला ९०, हरियो फर्सी २५, पाकेको फर्सी ५५, भिन्डी ११०, कन्य च्याउ १२०, डल्ले च्याउ ३२५, सिताके च्याउ ९००, कुरिलो ४५०, न्यूरो ७५, ब्रोकाउली ६२ रुपैयाँ प्रतिकिलो छ।

कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ७०, सानो लोकल गोलभेँडा २५, रातो आलु १७, भारतीय आलु २१, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर १७, लोकल बन्दा २५, स्थानीय काउली ७०, लाम्चो भन्टा ५५, डल्ले भन्टा ६५, लोकल मुला १७ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि तनेबोडी ७५, करेला १३५, लौका ६०, घिरौँला ८५, डल्ले फर्सी १८, पाकेको फर्सी ५५, भिन्डी १०५, कन्य च्याउ १२०, डल्ले च्याउ ३२५, सिताके च्याउ ९००, कुरिलो ४५०, न्यूरो ७५, ब्रोकाउली ७० रुपैयाँ प्रतिकिलो थियो।

 

प्रकाशित: १८ चैत २०८२ ८:५७ | Wednesday, April 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast