काठमाडौँ- पाकिस्तानको इस्लामावादमा भएको पछिल्लो चरणको वार्तामा संयुक्त राज्य अमेरिका र इरानबीच कुनै सहमति हुन नसकेको अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले बताएका छन्।
अमेरिकाका उपराष्ट्रपति जेडी भेन्सले इरानसँग चलिरहेको ऐतिहासिक शान्ति वार्ताका विषयमा एक पत्रकार सम्मेलनमार्फत उनले अमेरिका आफ्नो धारणा स्पष्ट रूपमा राखिसकेको भएपनि इरान हाम्रा सर्तहरूमा सहमत नभएको जानकारि गराएका थिए।
भान्सले अमेरिकी पक्षले झन्डै एक दिनको निरन्तर सञ्चारपछि आफ्नो अन्तिम र उत्कृष्ट प्रस्ताव पेस गरेको उनले बताए। छलफल सद्भावका साथ गरिएको थियो तर प्रश्तावले अझै स्वीकृति पाउन नसकेको उनको भनाइ छ।
प्रकाशित: २९ चैत २०८२ ८:५६ | Sunday, April 12, 2026
प्रतिक्रिया




