म्याग्दी- रणवाङ-दरुङ-हिदी सडक स्तरोन्नति प्रारम्भ भएको छ। एक दशकअघि निर्माण सुरु भएको यो सडकका लागि रु एक करोड बजेट विनियोजन गरिएको मङ्गला गाउँपालिका-२ का वडाध्यक्ष धनबहादुर खातीले बताए।
हाल सडक फराकिलो पार्ने, ग्रेड र मोड सुधार, वर्षाको पानी निकासका निम्ति नाली निर्माण र सडक किनारमा पर्खाल निर्माण धमाधम भइरहेको गाउँपालिकाका सबइन्जिनियर विपिन आचार्यले बताए।
प्रकाशित: १८ चैत २०८२ ८:४४ | Wednesday, April 1, 2026
प्रतिक्रिया




