युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक केसी पक्राउ

हिमाल प्रेस २७ चैत २०८२ २०:३७ | Friday, April 10, 2026
26
SHARES
युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक केसी पक्राउ

काठमाडौँ- केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी मुद्दामा फरार युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक महेन्द्र केसीलाई आज (शुक्रबार) पक्राउ गरेको छ । ब्यूरोको टोलीले उनलाई सामाखुसीबाट पक्राउ गरेको हो।

सर्वोच्च अदालतले २०८२ वैशाख २ गते उनीविरुद्ध २५ हजार रूपैयाँ जरिबाना र दुई वर्ष ६ महिना कैद सजाय ठहर गरेको थियो। त्यसयता उनी फरार रहँदै आएका थिए।

ब्यूरोले आजै (शुक्रबार) राजस्व चुहावट मुद्दामा उच्च  अदालत  पाटनबाट चार करोड ४४ लाख ८७ हजार ९५७ जरिबाना र एक वर्ष कैद सजाय ठहर भई फरार अंकुश सप्लायर्स एण्ड ट्रेडर्सका प्रोपाइटर ३१ वर्षीय प्रवीणकुमार महतोलाई कुलेश्वरबाट पक्राउ गरेको छ।

उनीहरूलाई फैसला कार्यान्वयनका जिल्ला अदालत ललितपुरमा उपस्थित गराइएको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।

प्रकाशित: २७ चैत २०८२ २०:३७ | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast