विद्यार्थी संगठन खारेजको निर्णयप्रति एमालेको आपत्ति

हिमाल प्रेस २१ चैत २०८२ ६:५४ | Saturday, April 4, 2026
6
SHARES
विद्यार्थी संगठन खारेजको निर्णयप्रति एमालेको आपत्ति

काठमाडौँ- नेकपा एमालेले सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने र प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै त्यसको कडा विरोध गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यवाहक अध्यक्ष राम बहादुर थापा‘बादल’को अध्यक्षतामा बसेको सचिवालय बैठकले उक्त निर्णयको विरोध गरेको हो ।

पार्टीले प्रजातान्त्रिक विधिबाट संसदीय दलको नेता चयन गरिएको र यसमा कुनै बाह्य हस्तक्षेप नभएको पनि स्पष्ट पारेको छ । बैठकले पार्टीका नेता तथा कार्यकर्ताहरू विरुद्ध भइरहेको नियोजित साइबर आक्रमणको भर्त्सना गर्दै दोषीलाई कानुनी कारबाही गर्न माग समेत गरेको छ।

 

प्रकाशित: २१ चैत २०८२ ६:५४ | Saturday, April 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast