जीप दुर्घटनामा दुई जनाको मृत्यु, ११ घाइते

हिमाल प्रेस २२ चैत २०८२ १९:४३ | Sunday, April 5, 2026
14
SHARES
जीप दुर्घटनामा दुई जनाको मृत्यु, ११ घाइते

गुल्मी– गुल्मीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ घाइते भएका छन्।

गुल्मीदरबार गाउँपालिका–४ वीरबाससस्थित मिसुकामा लु १ च ४९०६ नम्बरको जिप आइतबार दुर्घटना भएको हो।

दुर्घटनामा परी सोही ठाउँका ३५ वर्षीय कृष्ण ढेंगा र ४० वर्षीया मीना सनामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगा सारुले जानकारी दिए।

घाइतेमध्ये तीन वर्षीया चाया ढेंगाबाहेक अन्यलाई थप उपचारका लागि पाल्पा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २२ चैत २०८२ १९:४३ | Sunday, April 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast