चितुवाको आक्रमणबाट दाङमा दुई जना घाइते

हिमाल प्रेस २४ चैत २०८२ १७:१३ | Tuesday, April 7, 2026
10
SHARES
चितुवाको आक्रमणबाट दाङमा दुई जना घाइते प्रतिनिधिमूलक तस्बिर

दाङ- दाङको राप्ती गाउँपालिका-१, भालुवाङको भालुवाङ अस्पताल नजिकै कुलोमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन्। आक्रमणबाट सोही ठाउँका ५९ वर्षीय तिलकराम खड्का र ३० वर्षीय सुशील खड्का घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।

आज (मंगलबार) बिहान ११ बजेतिर आक्रमण गर्दा खड्काको ओठ र दाहिने हातमा चोट लागेको छ भने बिष्टको दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ। दुवै जनाको भालुवाङ अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी र स्थानीयको सहयोगमा चितुवालाई नियन्त्रणमा लिई वन डिभिजन कार्यालय लमहीमा बुझाइएको प्रहरी निरीक्षक बस्नेतले बताए।

प्रकाशित: २४ चैत २०८२ १७:१३ | Tuesday, April 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast