एआईको सहायतामा बनाइएको तस्बिर।
नवलपरासी- नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-१४, राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ प्रयोग गरी माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते भएका छन्।
आज (आइतबार) साँझ माछा मार्ने क्रममा अचानक विस्फोट हुँदा पाल्पाको निस्दी गाउँपालिका–५ का ३८ वर्षीय खुमबहादुर सुनारी र ३५ वर्षीय रोमन सिंह खरु मगर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताए।
घाइते दुवैलाई गम्भीर चोट लागेकाले उपचारका लागि रामपुर अस्पताल, पाल्पा लगिएको उहाँले जानकारी दिए।
प्रकाशित: २९ चैत २०८२ २१:३७ | Sunday, April 12, 2026
प्रतिक्रिया




