इरानलाई ट्रम्पको चेतावनी : ४८ घण्टाभित्र होर्मुज स्ट्रेट नखोले ठूलो आक्रमण

हिमाल प्रेस २१ चैत २०८२ २१:१९ | Saturday, April 4, 2026
26
SHARES
इरानलाई ट्रम्पको चेतावनी : ४८ घण्टाभित्र होर्मुज स्ट्रेट नखोले ठूलो आक्रमण फाइल तस्बिर

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज खोल्न फेरि इरानलाई ‘अल्टिमेटम’ दिएका छन्।

राष्ट्रपति ट्रम्पले उनीसँग ‘सम्झौता गर्न वा होर्मुज स्ट्रेट खोल्न’ इरानलाई ४८ घन्टाको अल्टिमेटम दिएका हुन्। आफूले भनेअनुसार नगरे इरानमाथि ‘ठूलो आक्रमण’ हुने उनले चेतावनी दिएका छन्।

ट्रम्पले आफ्नो सोशल मिडिया प्लेटफर्म ट्रुथ सोशलमा लेखेका छन्,‘मैले इरानलाई सम्झौता गर्न वा होर्मुज स्ट्रेट खोल्न १० दिनको समय दिएको थिएँ, समय सकिँदैछ। उनीहरूमाथि भारी आक्रमण हुन अब मात्र ४८ घन्टा बाँकी छ।’

यसअघि २७ मार्चमा ट्रम्पले आगामी १० दिनका लागि इरानी ऊर्जा केन्द्रहरूमा हुने सबै प्रकारको आक्रमणलाई रोक्ने घोषणा गरेका थिए।

इरानले भने अमेरिकाको युद्धविरामको प्रस्ताव अस्वीकार गरेको छ। इरानको सरकारी समाचार एजेन्सी फर्सका अनुसार अमेरिकाको यो प्रस्ताव बिहीबार बिहान एक ‘मैत्रीपूर्ण’ देशमार्फत पठाइएको थियो।

इरानले यस प्रस्तावको लिखित जवाफ दिएको छैन। तर, युद्धभूमिमा आक्रमण निरन्तर जारी राखेर आफ्नो अस्वीकृति स्पष्ट पारेको छ। फेबु्रअरी २८ मा इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेको थियो।

यसैबीच इरानले आफ्नो आणविक ऊर्जा केन्द्र आसपास क्षेत्रमा चारपटक आक्रमण भएको जनाएको छ। इरानको आणविक ऊर्जा संगठनले युद्धका क्रममा बुशेहर आणविक ऊर्जा केन्द्र आसपास आक्रमण भएको जनाएको हो।

संगठनले अमेरिका र इजरायलका तर्फबाट आक्रमण भएको दाबी गरेको छ। यद्यपि अमेरिका र इजरायलले यो आक्रमणको पुष्टि गरेका छैनन्।

प्रकाशित: २१ चैत २०८२ २१:१९ | Saturday, April 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast