एपोलो हाइड्रो पावरको आईपीओको आवेदन दिने आज अन्तिम दिन

हिमाल प्रेस ३० चैत २०८२ ८:५८ | Monday, April 13, 2026
4
SHARES
एपोलो हाइड्रो पावरको आईपीओको आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ- एपोलो हाइड्रो पावरले निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) निष्कासनमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत चैत २६ गतेदेखि सर्वसाधारणका लागि कुल ७ लाख ८० हजार २०० कित्ता आईपीओ सार्वजनिक गरेको हो।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । इच्छुक लगानीकर्ताले सि आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा मेरो सेयर प्रयोग गरी आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले सम्हालेको छ। आईपीओमा आवेदन दिने समय आज बैंकिङ समयभित्र मात्र रहने भएकाले समयमै आवेदन दिन लगानीकर्तालाई आग्रह गरिएको छ।

प्रकाशित: ३० चैत २०८२ ८:५८ | Monday, April 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast