काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले भदौ २३ र २४ गते रास्वपाको अघोषित नेतृत्वमा भएको रंगक्रान्ति सफल भएको टिप्पणी गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै थापाले निर्वाचनको परिणाममा विभिन्न पात्रको भूमिकाको संलग्नताको आरोप लगाएका हुन्।
उनले जादूमय विजयका निर्णायक भूमिकामा नेपाली सेना, व्युरोक्रेसी, सुशीला कार्कीको सरकार, कार्की आयोग र बारबारा फाउण्डेसन रहेको तर्क समेत गरे। उनले देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रलाई महानायक बनाएको समेत उल्लेख गरे।
थापाले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ मा भएको सार्वजनिक सम्पत्तिको क्षति, भौतिक संरचना तोडफोड एवं आगलागीका घटनाको निष्पक्ष छानबिनको माग समेत गरे।
उनले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहा गर्न समेत माग गरे।




