‘पहाड’ को ट्रेलरमा रितिएको गाउँ र पानीको समस्या

हिमाल प्रेस २६ चैत २०८२ १२:०४ | Thursday, April 9, 2026
4
SHARES
‘पहाड’ को ट्रेलरमा रितिएको गाउँ र पानीको समस्या

‘पहाड’ को ट्रेलरमा रितिएको पहाड र पानीको समस्या

काठमाडौँ- आगामी नयाँ वर्षमा वैशाख १ मा प्रदर्शन हुने फिल्म ‘पहाड’ को ट्रेलर सार्वजनिक गरिएको छ।

ट्रेलरमा बेरोजगारी मानव विहिन रितिएको गाउँ र पानीको समस्या देखाइएको छ। फिल्मले अहिलेको नेपाल समसामयिक विषयमा उठान गरेको निर्देशक तथा लेखक तुलसी घिमिरेले जानकारी दिए ।

उनले भने, ‘पहाड सुन्दर ठाउँ हो, हामीले सुन्दरता र सद्भावसँगै रित्तो हुँदै गइरहेको पहाडको कथालाई चित्रण गरेका छौँ। यो कथा पहाडमा सेटअप गरिएको भएपनि यो समग्र देशकै चित्रण हो।’

फिल्ममा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीसँगै नव अभिनेत्री पञ्चमी घिमिरेलगायत कलाकारको अभिनय छ।

यही फिल्ममार्फत निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरे अभिनेत्री रुपमा डेब्यु गरेकी छन्।

प्रमोद प्रधानले छायांकन गरेका फिल्म भाग्यरत्न फिल्म्सको ब्यानरमा बनेको छ। उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता छन्। फिल्ममा भारती घिमिरे क्रिएटिभ निर्माता हुन्।

प्रकाशित: २६ चैत २०८२ १२:०४ | Thursday, April 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast