‘मालती मंगले’ को टिजरमा वैवाहिक सम्बन्धमा आउने उतारचढाव

हिमाल प्रेस २७ चैत २०८२ ११:३५ | Friday, April 10, 2026
14
SHARES
‘मालती मंगले’ को टिजरमा वैवाहिक सम्बन्धमा आउने उतारचढाव

काठमाडौँ- फिल्म ‘मालती मंगले’ को टिजर सार्वजनिक भएको छ। ग्रामीण परिवेशमा आधारित टिजरमा मार्मिक प्रेमकथा देखाइएको छ। फिल्ममा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत प्रेमीप्रमिकाको भूमिकामा छन्। उनीहरूको प्रेम विवाहमा परिणत भएपछि जीवनमा आइपर्ने उतारचढाव टिजरमा छ।

फिल्म आगामी वैशाख २५ मा प्रदर्शन हुनेछ। प्रकु पाण्डेयको निर्देशित फिल्म रानी फिल्म्सको ब्यानरमा बनेको छ। निर्देशक पाण्डेयकै कथा रहेको फिल्मको पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेका हुन्।

विजय र वर्षाबाहेक फिल्ममा मेक्सम गौडेल, नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियारलगायत कलाकारको अभिनय छ।

यस्ताे छ टिजर

प्रकाशित: २७ चैत २०८२ ११:३५ | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast