‘मितज्यू’ को टिजरमा दया र सौगातको प्रेम, झगडा र मितेरी

हिमाल प्रेस ३० चैत २०८२ १३:३६ | Monday, April 13, 2026
18
SHARES
‘मितज्यू’ को टिजरमा दया र सौगातको प्रेम, झगडा र मितेरी

काठमाडौँ- फिल्म ‘मितज्यू’ को ट्रेलर सार्वजनिक भएको छ। ओएसआर युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएकाे हाे।

टिजरमा गाडी चलाउँदै जिविका चलाइरहेका दयाहाङ राई र सौगात मल्ल एउटी केटीको लागि झगडा गर्छन्। धेरै नै झगडा हुन थालेपछि नजुधुन् भन्ने हिसाबले उनीहरूको मित लगाइएको हुन्छ। यसैको सेरोफेरोमा टिजर सकिन्छ।

टिजरमा दयाहाङ,सौगातका अलवा खबपु, तेरिया पौजा मगर, शिशिर वाङ्देल लगायतलाई देख्न सकिन्छ।

अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्म जेठ ८ गते प्रदर्शन हुनेछ। फिल्ममा अन्य कलाकार पुस्कर गुरुङ, शिशिर वाङ्देल, पवित्रा खड्का, खड्गबहादुर पुन मगर (खबपु)लगायत कलाकारको अभिनय छ।

यही फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन्। जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म जनक घर्ती मगरले निर्माण गरेका हुन्। लोकेश बज्राचार्यको सम्पादन रहेको फिल्म शिशिर बिशंखेले खिचेका छन्।

प्रकाशित: ३० चैत २०८२ १३:३६ | Monday, April 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast