काठमाडौँ- प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखमा श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने भएको छ। रास्वपा स्रोतले संस्कृति पार्टीबाट उठेकी रुविकुमारी महतोलाई समर्थन गर्ने जनाएको छ। उपसभामुखमा दुई उम्मेदवार बनेका छन्। राप्रपाबाट सरस्वती लामा उम्मेदवार बनेकी छन्। उपसभामुखको निर्वाचन भोलि हुने छ।
प्रकाशित: २६ चैत २०८२ १४:०७ | Thursday, April 9, 2026
प्रतिक्रिया




