‘प्रधानमन्त्री जनताप्रति उत्तरदायी देखिनुभएन’

हिमाल प्रेस २८ चैत २०८२ १४:५५ | Saturday, April 11, 2026
10
SHARES
‘प्रधानमन्त्री जनताप्रति उत्तरदायी देखिनुभएन’

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह जनताप्रति उत्तरदायी नदेखिएको टिप्पणी गरेका छन्।

शनिबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले जननिर्वाचित संसदले बनाएको प्रधानमन्त्रीले संसदमा केही नबोलेका कारण प्रश्नहरु उठिरहेको समेत बताए।

जनताको सार्वभौम सत्ताको प्रयोग जन–जननिर्वाचित संसदमा प्रधानमन्त्री बोल्न आवश्यक नठान्नु स्वेच्छाचारी शासनको संकेत भएको उनको भनाइ छ।

महासचिव पोखरेलले एमाले र एमाले नेतृत्व भ्रष्टाचारमा डुबेको भाष्य निर्माण गर्ने काम भएको बताए। पुरानालाई नभई नयाँलाई मत दिए मुलुकमा सुशासन कायम र विकासले तीव्रता प्राप्त गर्छ भन्ने मान्यताका साथ पुराना दल र नेतामाथि अनास्था र अविश्वास पैदा गर्ने काम भएको उनले बताए।

महासचिव पोखरेलले अहिले सुशासनका नाममा नेतृत्वमा आएकाहरू आफैंले गरेका वाचा कबुलअन्तर्गत पारदर्शितालाई आत्मसात गर्न नसकेको आरोप लगाए।

अन्तरिम सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्तिको विवरणसमेत सार्वजनिक नगरेको अवस्थमा नयाँ सरकारका मन्त्रीहरू अहिले पनि सम्पत्ति विवरण बुझाउने कुरामा आलटाल गरिरहेको महासचिव पोखरेलले बताए।

उनले प्रतिनिधिसभाका सभामुखको सम्पत्ति विवरणप्रति समेत प्रश्न उठाए। सभामुखको सम्पत्ति विवरण धेरैलाई पत्याउन गाह्रो भइरहेको उनको भनाइ छ। उनले नेपालमा लोकतन्त्रको आधार स्तम्भका रूपमा रहेका र नेपाललाई घोर राजनीतिक द्वन्द्वबाट पृथक् राख्ने नीतिका हिमायतीहरूमाथि प्रहार भएको समेत बताए।

प्रकाशित: २८ चैत २०८२ १४:५५ | Saturday, April 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast