इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरु भयो नवौं ‘निफ’

हिमाल प्रेस १९ चैत २०८२ १५:४९ | Thursday, April 2, 2026
18
SHARES
इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरु भयो नवौं ‘निफ’

काठमाडौँ- नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को नवौं स‌ंस्करण काठमाडौँमा सुरु भएको छ। हिशान्त फराहमन्द निर्देशित इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शन गर्दै निफ सुरु गरिएको हो। स‌ं

सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा भएको उद्घाटन समारोहमा नेपाल सरकारकी सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेत प्रमुख अतिथिका रुपमा उपस्थित थिइन्। उनले निफले नेपाली फिल्मको बजार र अन्य फिल्म उद्योगसँग सम्बन्ध विस्तारमा सहयोग पुग्ने आशा व्यक्त गरिन्।

समारोहमा नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो डेन हार्टोग, नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हास्मी, नेपालका लागि श्रीलंकाका राजदूत रुवन्थी डेलपिटिया, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र भारतीय निर्देशक तथा निर्माता रमेश सिप्पी विशेष अतिथिका रुपमा उपस्थित थिए।

साथै नेपालको पहिलो रंगिन फिल्म ‘कुमारी’ का निर्देशक प्रेम बस्नेत, वरिष्ठ नायिका चैत्यदेवी सिंह, निर्देशक समुद्र रेग्मीलगायतका फिल्मकर्मी कार्यक्रममा अतिथिका रुपमा सहभागी भएका थिए।

बलिउड फिल्म ‘शोले’ का निर्देशक रमेश सिप्पीले एआईको वर्तमान समयमा फिल्म महोत्सवबारे बोले।

ब्राजिलका राजदूत कार्लोस अल्बर्टो डेन हार्टोगले ‘निफ’ लाई सफलताको शुभकामना दिए। उनले आफ्नो देशबाट छनोटमा परेका फिल्मको कथाबारे पनि चर्चा गरे।

पाकिस्तानी राजदूत अब्रार एच हास्मीले आफू महोत्सवमा तेस्रो पटक सहभागी भएको बताए।

निफका अध्यक्ष केपी पाठकले निम्तो स्वीकार गरी कार्यक्रममा उपस्थित हुने सबै अतिथि, चलचित्रकर्मी र पत्रकारप्रति कृतज्ञता व्यक्त गरे।

 

चैत २३ सम्म जारी हुने निफमा ४० देशका ८८ वटा फिल्महरू प्रदर्शन गरिनेछ। ६ वटा चिनियाँ र ४ वटा रुसी फिल्म प्रतिस्पर्धाबाहिर रहेर विशेष प्रदर्शन गरिने आयोजकले बताएको छ।

रसियन फिल्म डेज कमलपाेखरीस्थित रसियन हाउसमा आयोजना गरिएको छ।

यसपटक निफमा सिजाङ प्यानोरमा पनि आयोजना गरिएको छ। जसअन्तर्गत ६ वटा चिनियाँ फिल्म र वृत्तचित्र प्रदर्शन हुनेछ। यी फिल्म पर्यटन बोर्ड र छाया सेन्टरमा निःशुल्क देखाइनेछ।

प्रतिस्पर्धामा रहेका मध्येका फिल्महरु सिभिल मल र छाया सेन्टरमा भने सःशुल्क प्रदर्शन हुनेछ। निफअन्तर्गत अन्य १० वटा कार्यकम राखिएको छ। जसमा विभिन्न देशका मेकरहरूले ‌छलफल गर्नेछन्।

प्रकाशित: १९ चैत २०८२ १५:४९ | Thursday, April 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast