अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ४४ पैसा

हिमाल प्रेस १८ चैत २०८२ ६:३४ | Wednesday, April 1, 2026
6
SHARES
अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ४४ पैसा

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो। आज युरो १ को खरिददर १७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३८ पैसा छ। हिजो युरो १ को खरिददर १७४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७३ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ०६ पैसा र बिक्रीदर २००रुपैयाँ ८५ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ५२ पैसा र बिक्रीदर २०१ रुपैयाँ ३२ पैसा थियो। आज अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ १० पैसा र बिक्रीदर १०५ रुपैयाँ ५१ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०४ रुपैयाँ २८ पैसा थियो।

आज कुबेती दिनार १ को खरिदर ४९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ३२ पैसा छ। हिजो पनि कुवेती दिनारको विनिमयदर यही थियो। आज बहराइन दिनार १ को खरिदर ४०१ रुपैयाँ ७० पैसा र बिक्रीदर ४०३ रुपैयाँ २९ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ४०१ रुपैयाँ ११ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ७० पैसा थियो।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

 

प्रकाशित: १८ चैत २०८२ ६:३४ | Wednesday, April 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast