हाजिरी जमानीमा छुटे बले

हिमाल प्रेस २७ चैत २०८२ १९:३४ | Friday, April 10, 2026
22
SHARES
हाजिरी जमानीमा छुटे बले

काठमाडौँ- बलात्कार आरोपमा पक्राउ परेका कलाकार सागर लम्साल (बले) आज (शुक्रबार) हाजिरी जमानीमा छुटेका छन्। उनलाई चैत २१ गते उनलाई बूढानीलकण्ठबाट पक्राउ गरिएको थियो। पछि अनुसन्धानका लागि पाँच दिनको म्याद दिइएको थियो।

बलेलाई अमेरिकामा बस्दै आएकी युवतीले सामाजिक सञ्जाल फेसबुकमार्फत बलात्कारको आरोप लगाएकी छिन्। सोही आरोपको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

उनीविरुद्ध अहिलेसम्म नेपालमा कुनै पनि जाहेरी परेको छैन। अमेरिकाको न्युयोर्कमा भने उजुरी दिएको बताइएको छ।

प्रकाशित: २७ चैत २०८२ १९:३४ | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast