काठमाडौँ- नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ‘नयाँ वर्ष अफर २०८३’ सार्वजनिक गरेको छ।
यो योजनाअन्तर्गत प्रयोगकर्ताले ‘न्यु इयर लाइट’ र ‘न्यु इयर प्रिमियम’ गरी दुई प्रकारका डेटा प्राप्त गर्न सक्नेछन्।
‘न्यू इयर लाइट’ प्याकेजअन्तर्गत ४९९ रुपैयाँमा प्रतिदिन ५ जीबी डेटा उपलब्ध हुने टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिए। उनका अनुसार यो सीमा सकिएपछि पनि बाँकी अवधिमा दुई एमबीपीएस स्पिडमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिनेछ।
त्यसैगरी ‘न्यु इयर प्रिमियम’ प्याकेजअन्तर्गत ६९९ रुपैयाँमा प्रतिदिन १० जीबी डेटा उपलब्ध हुनेछ। १० जीबी प्रयोग गरिसकेपछि पनि बाँकी समय तीन एमबीपीएस स्पिडमा अनलिमिटेड डेटा चलाउन सकिनेछ।
वैधता अवधि ३० दिनको हुने दुवै प्याकेज चैत ३० गतेदेखि वैशाख २ गतेसम्म खरिद गर्न सकिनेछ। पोस्टपेड ग्राहकहरूका लागि भने प्याकेजको शुल्क मासिक भुक्तानीमै समावेश हुने व्यवस्था गरिएको छ।
ग्राहकहरूले यो अफर मोबाइलबाट *1415# डायल गरी वा नेपाल टेलिकम एपमार्फत सजिलै खरिद गर्न सक्नेछन्।




