सेयर बजार २८ सय माथि

हिमाल प्रेस २५ चैत २०८२ १५:५८ | Wednesday, April 8, 2026
10
SHARES
सेयर बजार २८ सय माथि

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५ दशमलव १२ अंकले बढेर दुई हजार ८०२ दशमलव ५२ को बिन्दुमा कायम भएको छ। यो एक दशमलव ६३ प्रतिशतको वृद्धि हो।

आज (बुधबार) ३४६ कम्पनीको एक करोड ८८ लाख १६ हजार ८०८ कित्ता सेयर ९८ हजार १६२ पटक खरिदबिक्री हुँदा आठ अर्ब ३१ करोड ८९ लाख आठ हजार ४४१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह तीन दशमलव ८७, होटल तथा पर्यटन दुई दशमलव ५६ र जलविद्युत् समूह दुई दशमलव ६१ प्रतिशतले बढेको छ।

त्यस्तै, बैंकिङ एक दशमलव १६, विकास बैंक एक दशमलव ९८, वित्त एक दशमलव ४५, लगानी एक दशमलव ३५, जीवन बीमा एक दशमलव ३१, लघुवित्त एक दशमलव २८, जीवन बीमा एक दशमलव ०१, म्युचुअल फण्ड शून्य दशमलव ९९, व्यापार शून्य दशमलव ६१ र अन्य समूह एक दशमल १५ प्रतिशतले बढेको छ।

प्रकाशित: २५ चैत २०८२ १५:५८ | Wednesday, April 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast