प्रतिपक्षी दललाई सभापति रविको आग्रह- हामीमाथि चौबिसै घण्टा निगरानी राख्नुहोस्

हिमाल प्रेस १९ चैत २०८२ १५:०२ | Thursday, April 2, 2026
20
SHARES
प्रतिपक्षी दललाई सभापति रविको आग्रह- हामीमाथि चौबिसै घण्टा निगरानी राख्नुहोस्

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिपक्षी दलहरूलाई आफूहरूमाथि चौबिसै घण्टा निगरानी गर्न आग्रह गरेका छन्।

बिहीबारबाट सुरु भएको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्। ‘प्रतिपक्षीमाथि मेरो अनुरोध छ, हामीमाथि चौबिसै घण्टा निगरानी राख्नुहोला,’ लामिछानेले भने।

उनले आफ्ना सांसदहरूलाई आफूहरू प्रश्न सोधेर आएका प्रतिनिधि भएको र जिम्मेवारी पनि उत्तिकै रहने बताए।

‘जनताले हामीलाई दिएको अवसरलाई फेरि गुमायौं भने हामी कलंकित हुनेछौं। हामीलाई त्यो स्वीकार्य छैन,’ उनले भने, ‘रास्वपाका साथीहरूलाई म सम्झाउन चाहन्छु, हामी प्रश्न सोध्न आएका हौं। बस्ने ठाउँ मात्रै फेरिएको हो तर प्रश्नप्रतिको हाम्रो नैतिक जिम्मेवारी उस्तै छ।’

उनले आफूहरू केवल प्रश्न उठाउन मात्र नभई ती प्रश्नका जवाफ खोज्न पनि संसद्मा आएको बताए। ‘हामी प्रश्न देखाउन मात्रै होइन, जबाफ खोज्न पनि आएका हौं। हामीले त्यो व्यवहारबाट देखाउनुपर्छ,’ उनले थपे।

प्रकाशित: १९ चैत २०८२ १५:०२ | Thursday, April 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast