श्रवण मुकारुङले ल्याए ‘सलह’

हिमाल प्रेस २९ चैत २०८२ ७:५२ | Sunday, April 12, 2026
6
SHARES
श्रवण मुकारुङले ल्याए ‘सलह’

काठमाडौँ- साहित्यकार श्रवण मुकारुङको उपन्यास ‘सलह’ सार्वजनिक गरिएको छ ।
उपन्यासकार मुकारुङले आफ्नो पुस्तक संगीतकार कालीप्रसाद बाँस्कोटा, सिनेमा निर्देशक रामबाबु गुरुङ तथा श्रीमती गीता थापा मगरलाई उपहार दिएसँगै पुस्तक लोकार्पण गरिएको थियो।

पहिलो आख्यानका रूपमा ‘सलह’ ल्याएका मुकारुङले सुरुमै हलको बाहिर बसेर सुनिरहेकाहरूलाई सम्बोधन गरे। लेखक मुकारुङले भने, ‘म बाहिर पारिएकाहरूको लेखक, सीमान्तको लेखक सबभन्दा पहिला तपाईं बाहिर उभिएर सुनिरहनु भएकाहरूलाई सम्बोधन गर्छु ।’

आफू सुरुदेखि नै साहित्यका विभिन्न विधामा छरिएको बताउँदै मुकारुङले भने, ‘निबन्ध, नाटक, कविता, गीत, कथा, चलचित्र हुँदै अहिले म उपन्यास ‘सलह’ लिएर आएको छु । लेखकले छनोट गरेका कतिपय विषयले आफैँ विधाको आग्रह गर्दो रहेछ । यो विषयले नै मलाई उपन्यास ‘सलह’ लेखायो ।’

मकारुङले कल्पना र स्मृतिले नै मानिसलाई बचाउने बताए । स्मृतिमा जान खोज्दा पाँच वर्षको उमेरदेखि सम्झिन्छु । हाम्रो परिवार उदयपुरको झोडामा पुगेको थियो । झोडाभित्र हाम्रो झुपडी थियो । टुकीको सानो उज्यालो थियो । ठूलो उज्यालो खोज्ने हुँदा मैले झुपडी नै जलाएको थिएँ । अझ उज्यालो खोज्ने हुँदा अँध्यारो पारेछु ।’

 

प्रकाशित: २९ चैत २०८२ ७:५२ | Sunday, April 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast