शंकर पोखरेलको प्रश्न : विदेशी ऋण ‘हिजो विरोध, आज स्वीकार’ किन?

हिमाल प्रेस २४ चैत २०८२ ९:५४ | Tuesday, April 7, 2026
8
SHARES
शंकर पोखरेलको प्रश्न : विदेशी ऋण ‘हिजो विरोध, आज स्वीकार’ किन?

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेशी ऋण स्वीकार गरेकोमा सरकारप्रति कटाक्ष गरेका छन्। महासचिव पोखरेलले सामाजिक सञ्जालमा ‘हिजो विरोध, आज स्वीकार’ भन्दै सामाजिक सञ्जालमा कटाक्ष गरेका हुन्।

‘हिजो विदेशी ऋणले देश डुबायो भनेर पूर्ववर्ती सरकारको आलोचना गर्नेहरू नै आज सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता संसदमा स्पष्ट रूपमा प्रस्तुत नगरी ठूलो मात्रामा ऋण लिइरहेका छन् भन्ने विषय सार्वजनिक हुँदा स्वाभाविक रूपमा प्रश्न उठ्छ’, उनले प्रश्न गरेका छन्, ‘हिजो विरोध किन? आज स्वीकार किन?’ दिगो पूर्वाधार विकासका लागि लिइने ऋण नेपालका लागि बाध्यता मात्र नभई आवश्यकता भएको उनको भनाइ छ।

यद्यपि, सरकारले यसबारे जनतालाई स्पष्ट र पारदर्शी जवाफ दिनु आवश्यक रहेको उनले बताएका छन्।

 

प्रकाशित: २४ चैत २०८२ ९:५४ | Tuesday, April 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast