एसईई प्रश्नपत्र ‘आउट’ गर्ने  पक्राउ

हिमाल प्रेस २० चैत २०८२ ७:५९ | Friday, April 3, 2026
18
SHARES
एसईई प्रश्नपत्र ‘आउट’ गर्ने  पक्राउ

सर्लाही- माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रश्नपत्र ‘आउट’ गरेर गोपनीयता भंग गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहीबार बिहान ८:०० बजेदेखि सञ्चालन भएको एसईई क्रममा इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलीले कविलासी नगरपालिका-२ पिपरियास्थित बाल गोविन्द जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रमा ड्युटी गरिरहेको थियो।

सोही क्रममा परीक्षा केन्द्र बाहिर कविलासी नगरपालिका-५ पचगछिया बस्ने करिब २४ वर्षीय मनोज कुमार यादव शंकास्पद अवस्थामा मोबाइल चलाइरहेको फेला परेका थिए।

प्रहरीद्वारा मोबाइल जाँच गर्दा उनको ह्वाट्सएपमा सोही दिनको अंग्रेजी विषयको प्रश्नपत्र बिहान ८:०९ बजे नै प्राप्त भएको भेटिएको हो।

प्रश्नपत्रको गोपनीयता भंग गरी परीक्षासम्बन्धी कसूर गरेको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ।

सर्लाही जिल्ला अदालतबाट परीक्षा सम्बन्धी कसूर मुद्दामा तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २० चैत २०८२ ७:५९ | Friday, April 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast