‘ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो’

हिमाल प्रेस २८ चैत २०८२ १२:३३ | Saturday, April 11, 2026
8
SHARES
‘ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो’

काठमाडौँ- राष्ट्रियसभाका उपाध्यक्ष नारायणप्रसाद दाहालले ग्रामीण पर्यटन आर्थिक समृद्धिको माध्यम मात्र नभई सामाजिक रूपान्तरणको बलियो आधार भएको बताएका छन्। गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) को २७औँ वार्षिक साधारणसभा तथा १३औँ अधिवेशनको आज उद्घाटन गर्दै उनले सरोकार भएकाहरुको स्पष्ट दृष्टिकोण, आपसी सहकार्य र दृढ प्रतिबद्धताले देशलाई विश्वकै उत्कृष्ट ग्रामीण पर्यटनको गन्तव्यका रुपमा विकास गर्न सकिने बताए ।

पर्यटन क्षेत्रको दिगो विकासका लागि पर्यटनमैत्री ऐन–कानुन निर्माणको खाँचो औँल्याउँदै अध्यक्ष दाहालले यसका लागि दीर्घकालीन पर्यटन नीति, लगानी सुरक्षा, स्पष्ट कानुनी संरचना र अन्तरराष्ट्रियस्तरमा प्रवद्र्धनका लागि सुदृढ कानुनी आधार आवश्यक भएको बताए। भिटोफका अध्यक्ष सकुन्तला देवकोटाले मुलुकको ग्रामीण पर्यटनको विकास, विस्तार र प्रवद्र्धनमा मञ्चले सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए।

कार्यक्रममा ग्रामीण पर्यटन प्रवद्र्धनमा क्रियाशील व्यवसायीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

 

प्रकाशित: २८ चैत २०८२ १२:३३ | Saturday, April 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast