उपसभामुखमा रुवी कुमारी निर्वाचित

हिमाल प्रेस २७ चैत २०८२ १८:५६ | Friday, April 10, 2026
14
SHARES
उपसभामुखमा रुवी कुमारी निर्वाचित

काठमाडौँ- प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारी निर्वाचित भएकी छन्। ठाकुरलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो।

उनलाई उपसभामुख बनाइयोस् भन्ने प्रस्तावको पक्षमा २२९ मत परेको थियो। हुन्न भन्ने पक्षमा ५ र दिन्नँ भन्ने पक्षमा २२ मत परेको थियो। प्रस्ताव बहुमतले स्वीकृत भएपछि सभामुख डोलप्रसाद अर्यालले कुमारीलाई उपसभामुख पदमा निर्वाचित भएको घोषणा गरे।

यसअघि उपसभामुख पदमा राप्रपाका तर्फबाट उम्मेदवार सांसद सरस्वती लामालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। सो प्रस्तावको पक्षमा ५ मत मात्रै परेको थियो। हुन्न भन्ने पक्षमा २१५ र दिन्नँ भन्ने पक्षमा ३७ मत परेको थियो।

कुमारीलाई रास्वपा, कांग्रेस र नेकपाको समर्थन थियो। एमाले भने दुवै प्रस्तावमा तटस्थ बसेको थियो।

निर्वाचित कुमारी इन्जिनियरिङमा डिप्लोमा गरेर स्नातक (बीई) अध्ययन गरिरहेकी थिइन्। उनी जेनजी पुस्ताकी युवा हुन्। जनकपुरधाम-१४ घर भएकी रुवीका बुबा सैलुनमा काम गर्छन् भने आमा ईटा भट्टामा काम गर्ने गरेकी छन्। उनी सांसद बन्नुअघि एउटा कन्सल्टेन्सीमा काम गर्थिन्।

प्रकाशित: २७ चैत २०८२ १८:५६ | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast