काठमाडौँ- प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुर श्रम संस्कृति पार्टीको सबै जिम्मेवारीबाट अगल भएकी छिन्। आज उसभामुख पदको सपथ ग्रहण गरेपछि ठाकुरले श्रम संस्कृति पार्टीको सबै जिम्मेवारीबाट अलग भएकी हुन् ।
एक विज्ञप्ती जारी गर्दै ठाकुरले उपसभामुखको पदमा निर्वाचित भएपश्चात् तटस्थ व्यक्तिको हैसियतले संविधान र कानुनले तोकेको जिम्मेवारी पूरा गर्नुपर्ने भएकाले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन् ।
नेपालको संविधानको धारा २९९ को उपधारा (५) मा सभामुख वा उपसभामुखले नेपालको संविधान बमोजिम आफ्नो कार्य सम्पादन गर्दा कुनै पनि राजनीतिक दलको पक्ष वा विपक्षमा नरही तटस्थ व्यक्तिको हैसियतले गर्नुपर्ने उल्लेख छ ।
प्रकाशित: २८ चैत २०८२ १२:०८ | Saturday, April 11, 2026
प्रतिक्रिया




