राप्रपाले उपसभामुखमा सरस्वती लामालाई उठाउने

हिमाल प्रेस २६ चैत २०८२ १३:२९ | Thursday, April 9, 2026
52
SHARES
राप्रपाले उपसभामुखमा सरस्वती लामालाई उठाउने

काठमाडौँ- राप्रपाले उपसभामुख पदमा उम्मेदवारी दिने भएको छ। अबको केहीबेरमा उम्मेदवारी दर्ता गर्न राप्रपा नेताहरू जाँदैछन्। राप्रपा स्रोतका अनुसार उपसभामुखमा राप्रपाले सरस्वतीको नाम फाइनल गरेको छ। उनी राप्रपाको समानुपातिक सांसद हुन्। सभामुख-उपसभामुखमा फरक लिङ्ग हुनुपर्ने संवैधानिक बाध्यताका कारण राप्रपाले लामालाई उठाएको हो। राप्रपामा लामा र खुस्वु ओली महिला सांसद छन्।

ओलीलाई सम्भावित उम्मेदवारका रूपमा हेरिए पनि इच्छा नदेखाए पछि लामालाई बनाइएको एक नेताले जानकारी दिए। सभामुखमा भने रास्वपाका उम्मेदवार डीपी अर्याल सर्वसम्मत भएका थिए।

प्रकाशित: २६ चैत २०८२ १३:२९ | Thursday, April 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast