उपसभामुखको उम्मेदवार तय गर्दै राप्रपा

हिमाल प्रेस २६ चैत २०८२ १२:२१ | Thursday, April 9, 2026
32
SHARES
उपसभामुखको उम्मेदवार तय गर्दै राप्रपा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपसभामुखको उम्मेदवार तय गर्न छलफलमा जुटेको छ।

राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले उम्मेदवारको टुंगो लाग्न बाँकी रहेको बताए।

प्रतिनिधिसभामा राप्रपाका पाँच जना सांसद् छन्। त्यसमध्ये खुस्वु ओली र सरस्वती लामा महिला सांसद रहेका छन्।

संघीय संसद् सचिवालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय छ। प्राप्त उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो साढे २ बजे हुनेछ।

भोलि शुक्रबार निर्वाचन हुनेछ।

उपसभामुखको दाबेदार श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भने कुनै बार्गेनिङ नगर्ने बताएका छन्।

प्रकाशित: २६ चैत २०८२ १२:२१ | Thursday, April 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast