जनजाति आयोगको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस

हिमाल प्रेस २३ चैत २०८२ १५:०२ | Monday, April 6, 2026
18
SHARES
जनजाति आयोगको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस

काठमाडौँ- ‘आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८१/८२’ को वार्षिक प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस गरिएको छ।

सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो प्रतिवेदन सभासमक्ष पेस गरिन्।

त्यसैगरी राष्ट्रियसभाको आजको बैठकले सभाका पूर्वसदस्य रामचन्द्र भट्टराईको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

अध्यक्ष नारायणप्रसाद दाहालले सभामा प्रस्तुत गरेको सो प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो।

१९९८ असोज ९ गते जन्मिएका भट्टराईको ८४ वर्षको उमेरमा गत माघ १३ गते निधन भएको थियो।

राष्ट्रियसभाको अर्को बैठक २०८२ चैत २५ गते बुधबार १:१५ मिनेटमा बस्नेछ।

प्रकाशित: २३ चैत २०८२ १५:०२ | Monday, April 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast