प्रहरीमा प्राविधिकतर्फ ४०० भन्दा बढी पदमा भर्ना खुला

हिमाल प्रेस २० चैत २०८२ ६:५८ | Friday, April 3, 2026
8
SHARES
प्रहरीमा प्राविधिकतर्फ ४०० भन्दा बढी पदमा भर्ना खुला प्रहरी

काठमाडौँ- नेपाल प्रहरीले प्राविधिक समूहअन्तर्गत ४०० भन्दा बढी पदका लागि भर्ना आह्वान गरेको छ।

यसअन्तर्गत प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदमा आवेदन खुला गरिएको हो।

इन्जिनियरिङ समूहअन्तर्गत कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ तथा आर्किटेक्चर र अटोमोबाइल विषयमा पदहरू समावेश छन्।

त्यस्तै विधि विज्ञानतर्फ बायोलोजी र रसायन विषयका साथै स्वास्थ्य सेवातर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट र सीएमए पदमा समेत आवेदन माग गरिएको छ।

कुल संख्यामध्ये प्राविधिक प्रहरी जवानतर्फ २८० जना र अन्य विभिन्न पदमा १२९ जनाका लागि भर्ना खुलाइएको हो।

दरखास्त दिने म्याद प्रहरी नायव उपरीक्षकदेखि सहायक निरीक्षकसम्मका पदका लागि चैत २५ गतेदेखि वैशाख २४ गतेसम्म तोकिएको छ।

प्राविधिक प्रहरी जवान पदका लागि भने चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ।

प्रकाशित: २० चैत २०८२ ६:५८ | Friday, April 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast