काठमाडौँ- फिल्म ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक भएको छ। नयाँ बानेश्वरस्थित वान सिनेमाज हलमा कार्यक्रम गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो।
ट्रेलरमा एक्सनसहित सस्पेन्स र प्रेमकथा देखाइएकाे छ। अभिनेता विराज भट्ट गहकिलो संवाद र एक्सन भूमिकामा छन्। कलाकार सुशील श्रेष्ठ र दिव्या रायमाझीको प्रेम प्रस्तुत गरिएको छ। साथै विराज र सुशीलबीचको एक्सन पनि समावेश छ। नवकलाकार आयुष सिंह ठकुरी सस्पेन्स चरित्रमा देखिएका छन्।
कार्यक्रममा बोल्दै नायक विराज भट्टले भने, ‘यो फिल्ममा एक्सन मात्र छैन। प्रेम, सस्पेन्स, पारिवारिक कथा सबै छ। दर्शकले मन पराउनुहुन्छ भन्ने मलाई लागेको छ।’
फिल्मलाई लिएर कलाकार सुशील श्रेष्ठ, दिव्या रायमाझी र सुपुष्पा भट्टले पनि उत्साह व्यक्त गरे। माइकल चन्दको कथा, पटकथा र लेखन रहेको फिल्म उनले नै निर्देशन गरेका हुन्।
फिल्म यही चैत्र २७ मा प्रदर्शन हुनेछ। फिल्ममा समावेश ‘हुम्लाको सिमी’ बोलको गीत अहिले चर्चा बटुलिरहेको छ।
फिल्ममा अन्य कलाकार दिनेश डिसी, सुधिर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार, विकास खनाल, रवि, सुशान्त कुमार श्रेष्ठ, उपेन्द्र शाही, रामेश्वर शाह, कनिज कोइराला, लोकेन्द्र जिसी, हेमा खड्का, दिपक कोइरालालगायत कलाकारको अभिनय छ।
माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको फिल्म उपेन्द्र शाही र स्वेता विमलीको लगानीमा बनेको हो।
यस्ताे छ ट्रेलर




