काठमाडौँ- फिल्म ‘राम नाम सत्य’ आजदेखि प्रदर्शनमा भएको छ। फिल्मको मुख्य भूमिकामा अभिनेता विराज भट्ट छन्।
सोलो रिलिज भएको फिल्मले देशभर करिब २०० सो पाएको टिमले जनाएको छ।
एक्सन, सस्पेन्स र प्रेमकथामा बनेको फिल्म माइकल चन्दले निर्देशनमा बनेको छ। फिल्ममा विराजसहित सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुनिल थापा, प्रशान्त ताम्राकार, आयुषसिंह ठकुरी, खुशी कार्की, दिनेश डिसीलगायत कलाकारको अभिनय छ।
उपेन्द्र शाही र स्वेता बिमलीले लगानी गरेको फिल्ममा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्मातामा छन्।
प्रकाशित: २७ चैत २०८२ १०:५० | Friday, April 10, 2026
प्रतिक्रिया




