सांसद अवस्थीको प्रश्न- विद्यार्थीमाथि गोली प्रहार गर्ने आदेश कुन कानुनले दिन्छ?

हिमाल प्रेस २४ चैत २०८२ १५:३० | Tuesday, April 7, 2026
6
SHARES
सांसद अवस्थीको प्रश्न- विद्यार्थीमाथि गोली प्रहार गर्ने आदेश कुन कानुनले दिन्छ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आकृति अवस्थीले गत भदाैको जेनजी आन्दोलनसँग सम्बन्धित हिंसात्मक घटनाबारे गम्भीर प्रश्न उठाएकी छन्।

आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै विद्यालय पोसाकमै कुशासन र भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रिएका युवामाथि टाउकोमा गोली प्रहार गर्ने कुन राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनले दिन्छ भन्दै प्रश्न गरेकी छन्।

‘विद्यालय पोसाकमा कुशासन र भ्रष्टाचारविरुद्ध प्रदर्शनमा रहेका भाइबहिनीहरूमाथि टाउकोमा ताकीताकी गोली हानी हत्या गर्ने गर्ने कुन राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनले दिन्छ,’ उनले प्रश्न गरिन्।

उनले नेपालको संविधान र विगतका जनआन्दोलनको स्मरण गर्दै ती आन्दोलन राज्यव्यवस्था परिवर्तनका लागि जनताद्वारा प्रेरित भएको बताइन्।

जेनजी आन्दोलनलाई विदेशी प्रभाव वा बाह्य चलखेलसँग जोड्ने प्रयासप्रति उनले आपत्ति जनाइनन्।

प्रकाशित: २४ चैत २०८२ १५:३० | Tuesday, April 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast