सार्वजनिक यातायातको भाडा वृद्धि (कुन ठाउँको कति?)

हिमाल प्रेस २५ चैत २०८२ १७:५३ | Wednesday, April 8, 2026
78
SHARES
सार्वजनिक यातायातको भाडा वृद्धि (कुन ठाउँको कति?)

काठमाडौँ- यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडादर बढाएको छ। इन्धनको मूल्य वृद्धि भएपछि विभागले सार्वजनिक यातायातको भाडादर बढाएको हो।

अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणालीअन्तर्गत समायोजन गरिएको विभागले जनाएको छ। नयाँ भाडादर बुधबारबाट लागू हुने विभागको भनाइ छ।

विभागका अनुसार डिजेलको बजार मूल्यमा भएको वृद्धि तथा अन्य १३ वटा सूचकहरूको विश्लेषणका आधारमा भाडा समायोजन गरिएको हो।

विभागले यात्रुवाहक सवारीमा १६.७१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मावलवाहक सवारीमा १५.७५ प्रतिशत वृद्धि भएको विभागले जनाएको छ।

प्रकाशित: २५ चैत २०८२ १७:५३ | Wednesday, April 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast