काठमाडौँ- प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाका तर्फबाट उम्मेदवार सांसद सरस्वती लामालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।
लामालाई उपसभामुख बनाइयोस् भन्ने प्रस्तावको पक्षमा ५ मत मात्रै परेको थियो। हुन्न भन्ने पक्षमा २१५ र दिन्नँ भन्ने पक्षमा ३७ मत परेको थियो।
यस्तै ठूलो दल रास्वपाको समर्थनमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर पनि उसभामुखको उम्मेदवार छिन्। उनलाई रास्वपा, कांग्रेस र नेकपाको समर्थन छ। एमाले भने तटस्थ बसेको छ।
अहिले ठाकुरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा मतदान हुँदैछ।
प्रकाशित: २७ चैत २०८२ १८:२५ | Friday, April 10, 2026
प्रतिक्रिया




