जेनजी आन्दोलनमा कारागारबाट फरार एक पक्राउ

हिमाल प्रेस ३० चैत २०८२ ८:४२ | Monday, April 13, 2026
8
SHARES
जेनजी आन्दोलनमा कारागारबाट फरार एक पक्राउ

बैतडी- गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार एक जना कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ । पाटन नगरपालिका–८ सलमारीका ३४ वर्षीय रमेश विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

जबर्जस्ती करणीको मुद्दामा कैद सजाय तोकिएका विष्टलाई प्रहरीले आज निजको घरबाट पक्राउ गरेको हो । उनी गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा डडेल्धुरा कारागारबाट फरार भएका थिए ।

गोप्य सूचनाका आधारमा आज प्रहरीचौकी खोड्पेबाट प्रहरी नायब निरीक्षक उदयसिंह खडायतको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको उनले बताए । पक्राउ परेका विष्टलाई कारागार कार्यालय डडेल्धुराको जिम्मा लगाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित: ३० चैत २०८२ ८:४२ | Monday, April 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast