दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेल

हिमाल प्रेस २७ चैत २०८२ ८:५६ | Friday, April 10, 2026
20
SHARES
दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेल फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै छन्।

राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम दिउँसो ३:०० बजे संघीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन्।

त्यसका लागि दुबै सदनका सदस्यहरूलाई उपस्थितिका लागि आह्वान गरिएको छ।

आजै संघीय संसद्को उपसभामुख पदको निर्वाचन हुँदैछ। उक्त पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सरस्वती लामा  र श्रम संस्कृति पार्टीबाट रुबी ठाकुर गरी दुई उम्मेदवार छ।

संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृतिकी ठाकुरलाई सघाउने निर्णय गरिसकेको छ।

प्रकाशित: २७ चैत २०८२ ८:५६ | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast