रामेछापबाट हवाई उद्धार गरेर गर्भवतीलाई काठमाडौँ ल्याइयो, तर गर्भमै शिशुको मृत्यु

हिमाल प्रेस १८ चैत २०८२ ७:४० | Wednesday, April 1, 2026
8
SHARES
रामेछापबाट हवाई उद्धार गरेर गर्भवतीलाई काठमाडौँ ल्याइयो, तर गर्भमै शिशुको मृत्यु

हेटौंडा- ज्यान जोखिममा परेकी एक गर्भवतीको हवाई उद्धार गरी काठमाडौँ पुर्‍याइएको छ। रामेछापको मन्थली नगरपालिका १ की ३५ वर्षीया बेलीमाया तामाङलाई गम्भीर अवस्थाका कारण रामेछाप अस्पतालबाट मन्थली अस्पतालमा रेफर गरी भर्ना गरिएको थियो ।

चिकित्सकका अनुसार २९ हप्ता ४ दिनको गर्भ रहेकी तामाङ पाँच दिनदेखि गर्भमा रहेको बच्चा नचलेको भन्दै अस्पताल पुगेकी थिइन् । जाँचका क्रममा उनलाई ‘आईयूएफडी’ (गर्भमै शिशुको मृत्यु) तथा सम्भावित ‘डीआईसी’ समस्या देखिएको र स्थानीय अस्पतालमा उपचार सम्भव नभएकाले तत्काल उद्धार आवश्यक भएको थियो ।

यसपछि ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि सञ्चालन गरिएको हवाई उद्धार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई मंगलबार काठमाडौं ल्याइएको हो । उद्धारपछि तामाङलाई उपचारका लागि स्त्री तथा प्रसूति रोग अस्पताल थापाथलीमा भर्ना गरिएको छ । चिकित्सकहरूको निगरानीमा उनको उपचार भइरहेको जनाइएको छ ।

प्रकाशित: १८ चैत २०८२ ७:४० | Wednesday, April 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast