इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको सम्भावना

हिमाल प्रेस १९ चैत २०८२ ७:१८ | Thursday, April 2, 2026
8
SHARES
इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको सम्भावना

इन्डोनेसियाको मोलुका टापुलाई केन्द्रविन्दु बनाएर बिहीबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार सुरुमा ७.८ म्याग्निच्युड मापन गरिएको यो भूकम्प स्थानीय समय अनुसार बिहान ६:४८ बजे गएको हो।

भूकम्पको धक्का जापानसम्म महसुस गरिएको छ भने जापानी मौसम विज्ञान एजेन्सीले आफ्ना केही समुद्री तटहरूमा पानीको सतहमा सामान्य परिवर्तन हुन सक्ने चेतावनी जारी गरेको छ।

मुख्य भूकम्पपछि ५.५ र ५.२ म्याग्निच्युडका दुईवटा पराकम्प आइसकेका छन् भने थप शक्तिशाली पराकम्पहरू आउन सक्ने राष्ट्रिय भूगर्भ एजेन्सीले चेतावनी दिएको छ।  एजेन्सी

प्रकाशित: १९ चैत २०८२ ७:१८ | Thursday, April 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast