लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली, दुई नियन्त्रणमा

हिमाल प्रेस २४ चैत २०८२ ७:०६ | Tuesday, April 7, 2026
16
SHARES
लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली, दुई नियन्त्रणमा सांकेतिक तस्बिर

काठमाडौँ- प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएको छ। रूपन्देहीको रोहिणी गाउँपालिका ४ मा प्रहरीले गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार कोटहवाबाट छिपागढ गइरहेको तीनजना सवार यूपी५६एफ ९९०१ नम्बरको मोटरसाइक चेकजाँच गर्न खोज्दा भागेका थिए। त्यसक्रममा उनीहरूले प्रहरीमाथि ढुंगामुढा गर्दै भाग्न खोजेपछि गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिएका छन्।

प्रहरीले सुरुमा हवाई फायर गरेकोमा आक्रमण हुन थालेपछि घुँडामुनि गोली हानेको हो । त्यसक्रममा रुपन्देहीको रोहिणी गाउँपालिका-२ खुरुहुरिया बस्ने विशाल यादवको बायाँ खुट्टामा गोली लागेको छ । उनको भीम अस्पताल भैरहवामा उपचार भइरहेको डीएसपी चन्दले जानकारी दिए ।

उक्त घटनामा भारतको महाराजगंज जिल्ला पर्सामालिक ग्राम बिसुनपरवाका १८ वर्षीय अरुण कुमार र २० वर्षीय विनय पाण्डेयलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट फेनागन ११०० एम्पुल, डाइजोपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित: २४ चैत २०८२ ७:०६ | Tuesday, April 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast