२०४६ सालको परिवर्तनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

हिमाल प्रेस २६ चैत २०८२ ६:२९ | Thursday, April 9, 2026
4
SHARES
२०४६ सालको परिवर्तनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ- नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदैछ।

विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनः स्थापना भएको सम्झनामा आज दिवस मनाउन लागिएको हो । विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य २०४६ चैत २६ गते भएको थियो ।

नेपाली कांग्रेसको नेतृत्वमा वाम मोर्चासहित भएको संयुक्त जनआन्दोलनपछि ३० बर्से पञ्चायती व्यवस्थाको अन्त्य भएको थियो । सोही दिनदेखि नेपालमा बहुदलीय शासन व्यवस्था पुनः स्थापना भएको हो ।

कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चलेको थियो। २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारी २०४६ फागुन ७ गतेदेखि जनआन्दोलन सुरु भएको थियो। तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै २६ गते बहुदलीय व्यवस्था पुनः स्थापनाको घोषणा गरेका थिए।

प्रकाशित: २६ चैत २०८२ ६:२९ | Thursday, April 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast