आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु

हिमाल प्रेस २८ चैत २०८२ १८:२५ | Saturday, April 11, 2026
16
SHARES
आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु प्रतीकात्मक तस्बिर।

नुवाकोट– बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ।

आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए।

घटनामा दुई जना घाइते भएका छन्। घाइते हुनेमा ३७ वर्षीय अरुण तामाङ र ३३ वर्षीय माधव भुजेल रहेका छन्।

उनीहरुको त्रिशूली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेको अवस्था पनि गम्भीर रहेको बताइएको छ।

प्रकाशित: २८ चैत २०८२ १८:२५ | Saturday, April 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast