झापा- झापामा तीनवटा मोटरसाइकल एकै ठाउँमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। आइतबार साँझ बुद्धशान्ति गाउँपालिका ३ धाइजनस्थित मेची राजमार्गमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा ज्यान गुमाउनेमा प्र १-०१-०१२ प ७६३५ नम्बरको मोटरसाइकल चालक इलामको इलाम नगरपालिका ६ घर भएका २५ वर्षीय भुपेन्द्र श्रेष्ठ छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
चारआलीबाट बुधबारेतर्फ आउँदै गरेको प्र १-०२-०४१ प ८९८७ नम्बरको मोटरसाइकल, सोही दिशा तर्फबाट आउँदै गरेको को ३१ प ९२९० नम्बरको मोटरसाइकल र विपरीत दिशा तर्फबाट जादै गरेको प्र १-०१-०१२ प ७६३५ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा अन्य चारजना घाइते भएका छन्।
दुर्घटनामा प्र १-०२-०४१ प ८९८७ नम्बरको मोटरसाइकल चालक सुनसरीको धरान १५ बस्ने वर्ष २७ को मनी कुमार देवान, सोही मोटरसाइकलको पछाडी सवार इटहरी ५ बस्ने वर्ष २७ को अनिष बस्नेत, को ३१ प ९२९० नम्बरको मोटरसाइकल चालक इटहरी ५ बस्ने वर्ष २९ को नन्दबहादुर मगर, सोही मोटरसाइकललको पछाडी सवार इटहर १७ बस्ने वर्ष २९ को कमल मगर घाइते भएका छन्।
उनीहरु सबैको अवस्था खतरामुक्त रहेको विभिन्न अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ।




