वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्। तस्बिर : रासस
काठमाडौँ- सरकारले अबदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ। आज (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठकले इन्धनको आपूर्तिमा देखिएको असहजताका कारण यस्तो निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरलका अनुसार अब हप्ताको दुई दिन सरकारी कार्यालयहरू र सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द रहनेछन्।
यस्तै सरकारी कार्यालयकाे समय ९ देखि ५ बजेसम्म तोकिएको छ।
प्रकाशित: २२ चैत २०८२ १४:५० | Sunday, April 5, 2026
प्रतिक्रिया




